बिहीबार, वैशाख १३, २०८१

कक्षा १२ को पूरक परीक्षा माघ २ र ३ गते हुने

नेपालखोज २०७८ मंसिर १९ गते १३:३५

काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा आगामी माघ २ र ३ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड बृद्धि (पूरक) परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।

अन्य सबै विषयमा सी प्लस वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सी वा डी प्लस ग्रेड ल्याएका विद्यार्थीले दुई वा ती मध्ये कुनै एक विषयमा ग्रेड बृद्धि परीक्षा दिनसक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै कुनै दुई विषयमा डी वा ई ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका विद्यार्थीले पनि उक्त दुई विषयमा ग्रेड बृद्धि परीक्षा दिन सक्ने वोर्डले जनाएको छ । परीक्षा विहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म हुने जनाइएको छ ।

प्रतिक्रिया