शुक्रबार, माघ २५, २०८१

यस्ता छन मिर्गौला रोग हुनका कारण, लक्षण र रोकथाम

नेपालखोज २०७६ पुष १ गते ७:०६

आजभोली नेपालमा मात्र नभएर विश्वमा नै मिर्गौला रोगीको सख्या बढ्दै गएको छ । बदलिँदो जीवनशैली, खानपान, मोटोपनले गर्दा पछिल्लो समय युवा,बुद्धा,बालबालिका सबै उमेर समुहमा मिर्गौलाको समस्या देखिएको छ ।
मानव शरीरमा मिर्गौला दुईवटा हुन्छन् । यो शरीरको निकै महत्वपुर्ण अंग हो ।

Advertisement

यदी मिर्गौलाले सहि काम गरेन भने मिर्गौलामा त रोग लाग्छ नै अन्य अंगमा पनि गम्भीर प्रकृतिको रोग लाग्न सक्छ । यसकारण मिर्गौला स्वस्थ राख्नमा सचेत हुनुपर्छ ।

मिर्गौला बिग्रने कारण
1. वंशाणुगत
2. धुम्रपान मध्यपान
3. गर्मीमा धेरै काम गर्नु
4. पेनकिलरको धेरै प्रयोग
5. पानीको कमी
6. उच्च रक्तचाप र मधुमेह को समस्या
7. ५० भन्दा माथी उमेर बढी भएमा
8. तौल बढी भएमा

लक्षण
1. हात खुट्टा सुनिने
2. भोक नलाग्ने वा धेरै लाग्ने
3. वाक्वाकी लाग्ने
4. चक्कर लाग्ने
5. रक्तअल्पता हुने
6. मुख सुख्खा हुने
7. पिसाब छिटोछिटो लाग्ने
8. पिसाब धमिलो तथा फीज आउने
9. अन्य रोगको उपचारमा औषधीले काम नगर्नु

रोकथाम
1. मिर्गौलाको नियमित परिक्षण गर्ने
2. स्वच्छ पानी प्रशस्त पिउने
3. सक्रिय जीवन अपनाउने
4. नियमित व्यायम गर्ने
5. बालबालिकालाई ज्वरो आउदा प्रत्येक पटक पिसाब परिक्षण गराउने ।
6. नियमित रक्तचापको परिक्षण गर्ने
7. प्रशस्त झोलीलो खानेकुरा खाने

प्रतिक्रिया