शुक्रबार, वैशाख १४, २०८१

वीपी प्रतिष्ठानका रजिष्ट्रार सहित ४ कर्मचारीलाई ५ लाख ५० हजार भ्रष्टाचारको आरोप

नेपालखोज २०७६ पुष १ गते १८:४५

१ पुस, काठमाडौं । विल भरपाई नराखी भौचरसमेत नउठाई रकम हिनामिना गरेको आरोपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टान धरानका रजिष्ट्रार तुल बहादुर श्रेष्ठ सहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

रजिष्ट्रार तुलबहादुर श्रेष्ठ सहितका कर्मचारीहरुको मिलेमतोमा प्रतिष्ठानको रकम हिनामिना गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा ५ लाख ५० हजार रुपैयाँ हिमानमिना गरेको देखिएकाले रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख सिंघाची अग्रवाल, सिनियर क्लर्क चन्द्रकुमार मागर र रमेश कुमार खतिवडा समेतलाई आरोप ५ लाख ५० हजार विगो नै मागदावी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया