शुक्रबार, जेठ ४, २०८१

देउवाले बनाए शेखरसहित ३७ जनाकाे कार्यसम्पादन समिति (सूचीसहित)

नेपालखोज २०७८ माघ १४ गते १६:०९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । आज बसेको केन्द्रीय समिति बैठकले उक्त समिति गठन गरेको हो ।

भर्चुअल माध्यमबाट बसेको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा गरेको प्रस्ताव सर्वसम्मतरूपमा पारित भएको थियो ।

कांग्रेस विधानले पदाधिकारीसहित पार्टी प्रवक्त स्वत समितिमा पर्ने व्यवस्था गरेको छ । त्यसैले कार्य सम्पादन समितिमा सबै १३ जना पदाधिकारी परे । पार्टीका नेता रामचन्द्र पौडेल पनि परेका छन् भने सभापतिमा देउवासँग पराजित डा. शेखर कोइराला पनि समेटिए । कांग्रेसमा अनुभव भएका अत्याधिकले समितिमा ठाउँमा पाए ।

पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ताको मनोनयन हुन बाँकी रहेको छ । त्यसबाहेक कार्यसम्पादन समितिमा ३१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । ४६ मध्ये सभापति देउवाले ३७ जनालाई समेटेका छन् भने ९ जनालाई पछि मनोनयन गर्ने बताइएको छ । बैठकमा सभापति देउवाले कोडिभका कारण भर्चुअल बैठक बस्नुपरेको बताए । बैठकमा महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको नाम पढे ।

सभापति देउवाले ठूलो आकारको केन्द्रीय समितिको बैठक बस्न अप्ठ्यारो हुने भन्दै कार्यसम्पादन समिति गठन गरे । उनले समितिमा अर्कोपल्ट सबै समेटिने आश्वासन दिए ।

केन्द्रीय कार्यसम्पादन समितिका सदस्य –

१. शेरबहादुर देउवा – सभापति

२. रामचन्द्र पौडेल – वरिष्ठ नेता

३. पूर्णबहादुर खड्का – उपसभापति

४. धनराज गुरुङ – उपसभापति

५. गगन थापा – महामन्त्री

६. विश्वप्रकाश शर्मा – महामन्त्री

७. फरमुल्लाह मन्सुर – सहमहामन्त्री

८. भीष्मराज आङदाम्बे – सहमहामन्त्री

९. उमाकान्त चौधरी – सहमहामन्त्री

१०. महेन्द्र यादव – सहमहामन्त्री

११. महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री

१२. किशोरसिंह राठौंर – सहमहामन्त्री

१३. बद्री पाण्डे – सहमहामन्त्री

१४. जीवन परियार – सहमहामन्त्री

१५. गोपालमान श्रेष्ठ

१६. प्रकाशमान सिंह

१७. विमलेन्द्र निधि

१८. विजयकुमार गच्छदार

१९. कृष्णप्रसाद सिटौला

२०. डा. शशांक कोइराला

२१. चित्रलेखा यादव

२२. डा. रामशरण महत

२३. अर्जुननरसिंह केसी

२४. डा. प्रकाशशरण महत

२५. सुनिलबहादुर थापा

२६. डा. शेखर कोइराला

२७. बलबहादुर केसी

२८. बालकृष्ण खाण

२९. ज्ञानेन्द्रबहादुर कार्की

३०. उमा रेग्मी

३१. रमेश रिजाल

३२. डा‍‍. नारायण खड्का

३३. जीपछिरिङ लामा

३४. एनपी साउद

३५. जीवनबहादुर शाही

३६‍. आनन्दप्रसाद ढुंगाना

३७‍. सुजाता कोइराला

प्रतिक्रिया