शनिबार, वैशाख ८, २०८१

चिसो मौषममा हृदयघातको जोखिम किन हुन्छ ? यसबाट बच्ने उपायहरुः

नेपालखोज २०७६ पुष २ गते ७:०४

जाडो मौसममा विभिन्न सरुवा रोगको प्रकोप कम हुने चिकित्सकहरु बताउँछन् । बिरामीहरुमा रोगको संक्रमण कम हुने भएपनि जाडोको समयमा ‘हार्ट अट्याक’ अर्थात हृदयघातले भने मानिसहरुलाई धेरै तसाउँछ ।

मुटु सम्बन्धी रोग भएका मानिसलाई जोडो मौसममा हृदयघातको जोखिम उच्च हुने चिकित्सकहरु बताउँछन् ।

चिसोमा हृदयघातको जोखिम किन हुन्छ ?
१.निश्क्रिय जीवनशैली
चिसोको समयमा मानिसहरु सकेसम्म चिसो वातावरणमा निस्किन चाहँदैनन् । मानिसहरु आफूले नियमित गर्ने शारीरिक व्यायाम तथा योगा समेत गर्दैनन् । जसले गर्दा हृदयघातको जोखिम उच्च हुन्छ ।

२.शरीरमा कोलेस्टेरोलको मात्रा बढी हुनु
शरीरमा कोलेस्टोरलको मात्रा बढी भएमा हृदयघातको जोखिम उच्च हुन्छ ।

३.उच्च रक्तचाप
हृदयघातको समस्या बढ्नको मुख्य कारण उच्च रक्तचाप पनि हो । रक्तचाप नियन्त्रण गरेर हृदयघातको जोखिमलाई कम गर्नुपर्छ ।

४. सुर्तिजन्य पदार्थ तथा धुम्रपानको सेवन
सुर्तिजन्य पदार्थ तथा धुम्रपानले मुटुरोगलाई बढवा दिन्छ । सुर्तिजन्य पदार्थको प्रयोग गर्दा जोडोमा हृदयघातको जोखिम झनै बढ्छ ।

५. मोटोपना
मोटोपना भएका मानिसमा हृदयघातको जोखिम उच्च हुन्छ । त्यसैले हृदयघातबाट बच्न मोटोपना नियन्त्रण गर्नुपर्छ ।

६. मानसिक तनाव
मानसिक तनावमा रहने व्यक्तिलाई हृदयघातको जोखिम उच्च हुन्छ । त्यसैले समस्याहरुको सहि तरिकाले व्यवस्थापन गरी मानसिक तनावमुक्त हुनुपर्छ ।

७. अस्वस्थ्यकर खानपान
मुटुरोगलाई बढवा दिने पहिलो कारण नै अस्वास्थकर खानपना हो । अस्वास्थकर खानपानका कारण मुटुरोगका बिरामी बढ्दै गएका छन् । मुटुलाई स्वस्थ राख्न स्वास्थकर खाना खानुपर्छ ।

८.अत्याधिक मदिरा सेवन
अत्याधिक मदिरा सेवन गर्दा हृदयघातको जोखिम उच्च हुने भएकाले मदिरा सेवन नगर्नु उपयुक्त हुन्छ ।

हृदयघातबाट बच्न के गर्ने ?
१. छाती दुख्ने समस्या भएमा समयमा नै स्वास्थ्य परीक्षण गराउने ।
२.उच्च रक्तचाप, मधुमेह र माटोपना नियन्त्रण गर्ने ।
३. दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने ।
४.तनावमुक्त रहने ।
५.स्वास्थकर खाना खाने ।

प्रतिक्रिया