शुक्रबार, वैशाख ७, २०८१

फोक्सोको क्यान्सर हुँदा देखिने लक्षणहरु

नेपालखोज २०७६ फागुन ११ गते ६:२४

१. यदि तपाई सास फेर्दा आवाज जस्तो सुन्नुहुन्छ भने तुरुन्त आफ्नो डाक्टरलाई देखाईहाल्नुस् । यो आवाजले धेरै स्वास्थ्य समस्याहरुको साथसाथै फोक्सोसँग सम्बन्धित समस्याहरुलाई पनि संकेत गर्दछ ।

२. यदि तपाईले गहिरो वा लामो सास फेर्न कठिनाई महसुस गर्नुहुन्छ भने यो अवरोध छातीमा तरल पद्धार्थको संक्रमणको कारणले हुन सक्छ जुन फोक्सोको क्यान्सरले गर्दा हुन्छ ।

३.तपाईको छातीको साथसाथै पीठ र काँधमा दुखाई महसुुस गर्नुभयो भने यसलाई गम्भिरतापुर्वक लिनुहोस् । लिम्फ नोड्सको स्थान्तरणको कारण हुन सक्छ । यदि स्वस्थ्य हुनुहुन्छ भने पनि डाक्टरलाई भेट्नुहोस् ।

४.यदि छातीमा खोकी लगातार २ हप्ता भन्दा बढि रहन्छ भने संक्रमण हुन सक्छ । यस बाहेक कफसँग सम्बन्धित अन्य समस्याहरुको पनि कफ र रगतको चेक जाँच गर्नुहोस् ।

५.यदि यो रोग बढ्यो भने फोक्सोको क्यान्सरले दिमागलाई पनि असर गर्न सक्छ , यस्तो अवस्थामा निरत्नर टाउको दुखि रहन्छ । कहिलेकाहीँ ट्युमरले शरीरका माथिल्लो भागमा रगत सार्ने शिराहरुमा दबाब दिन्छ ।

प्रतिक्रिया