बुधबार, वैशाख २६, २०८१

नेकपाको स्थायी कमिटी बैठक आज पनि, कमिटी सदस्यहरुले धारणा राख्ने क्रम जारी

नेपालखोज २०७६ पुष २ गते १०:२२

२ पुष, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार (आज) पनि जारी छ । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालय धुम्बाराहीमा सुरु हुँदैछ ।

सोमबारदेखि जारी बैठकमा पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै नेताहरूले नेतृत्वको आलोचना गरेका छन् । बैठकमा बुधबार (आज) पनि स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा धारणा राख्दैछन् ।

स्थायी समितिको मंगलबारको बैठकमा पनि स्थायी कमिटी सदस्यहरुले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गरेका थिए । अधिकांश सदस्यहरुले पार्टी एकतालाई थप सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित बनाउनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा बोल्न बाँकी सदस्यहरुलाई बुधबार (आज) आफ्नो धारणा राख्न दिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बुधबार बाँकी सदस्यहरुले बोल्ने क्रम सक्ने नेकपाको तयारी छ । सदस्यहरुले उठाएका सवालहरुलाई अध्यक्ष दहालले भोली सम्बोधन गर्ने कार्यसुचि रहेको छ ।

प्रतिक्रिया