बुधबार, वैशाख १२, २०८१

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दै, १४ औं महाधिवेशनको कार्यतालिका तय गर्न दुवै पक्ष सहमत

नेपालखोज २०७६ पुष २ गते १०:३३

२ पुष, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बुधबार (आज) बस्दै छ । केहि दिनको छलफल पछि दुवै पक्षीय नेताहरू पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका तय गरेर जान सहमत देखिएका छन् । बैठक बुधबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा डाकिएको छ ।

महाधिवेशनको कार्यतालिकाको अजेन्डा बैठकमा नआएको भन्दै असन्तुष्ट पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि संस्थापन पक्ष महाधिवेशनको तालिका बनाएर अघि बढ्न तयार भएको हो ।

विधानले दिएको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिन लागे पनि एक वर्ष कार्यकाल थप गर्न सहमत दुवै पक्षबीच १४ औं महाधिवेशन मंसिर वा फागुन कहिले गर्ने भन्नेमा सहमति जुट्न बाँकी छ । संस्थापनले फागुनमा र असन्तुष्टले मंसिरमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । तर असन्तुष्ट पक्ष संस्थापनको प्रस्तावअनुसार नै फागुनमा महाधिवेशन गर्नेगरी अघि बढ्न सकारात्मक देखिएको छ ।

पार्टीका विभाग थप गर्नै नहुने अडानमा रहेको असन्तुष्ट पक्ष संख्या बढाउन सकारात्मक देखिएको हो । त्यस्तै, नेपाल विद्यार्थी संघको कार्यसमिति गठनमा दुबै पक्षबीच सहमति जुट्न बाँकी छ । मंगलबार पनि सहमतिका लागि उपसभापति विमलेन्द्र निधिका साथै असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच चाक्सीबारीमा छलफल भएको थियो ।

प्रतिक्रिया