शुक्रबार, चैत १६, २०८०

मृगौला पीडितहरुको बालुवाटारमा धर्ना, सरकारले उपचारमा सहयोग गरेन

नेपालखोज २०७६ पुष २ गते ११:०६

२ पुष, काठमाडौं । सरकारले उपचारमा सहयोग नगरेको भन्दै मृगौला पीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएक छ्न ।

आफूहरुका माग पूरा गर्न सरकार उदासीन रहेको भन्दै उनीहरुले आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्न दिएका हुन् । मृगौलापीडित सरोकार समाजको अगुवाइमा उनीहरुले मृगौलापीडितलाई सरकारले दिँदै आएको सुविधा कटौति गरेको भन्दै त्यसको बिरोधमा धर्ना दिएका हुन् ।

प्रधानमन्त्रीको उपचार राज्यले गर्छ, मृगौलापीडितको उपचार कस्ले गर्छ ? भन्दै उनीहरुले मृगौलापीडितको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । सरकारी अस्पतालमा डायलाईसिस गर्नका लागि असुविधा भएको, अस्पताल अनुसार फरक–फरक शुल्क लाग्ने गरेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मृगौला पीडितहरुलाई सरकारले प्रतिमहिना दिदै आएको पाँच हजार रुपैंयाँ औषधि खर्चसमेत सरकारले कटौती गरेको छ ।

प्रतिक्रिया