बिहीबार, चैत १५, २०८०

साना सञ्चार माध्यम माथि अन्याय, प्रेस काउन्सिल सँग वार्ता

नेपालखोज २०७६ पुष ३ गते ८:५७

३ पुस, काठमाडौं । प्रेस काउन्सिलले नेपालले हरेक वर्प गर्दै आईरहेको पत्रपत्रिका बर्गिकरणको विवाद छताछुल्ल भएको छ । लामो सयमदेखि काउन्सिलले गर्ने बर्गिकरण विभेदपूर्ण हुँदै आएको र त्यसका विरुद्ध संघर्ष भएता पनि सुनुवाई हुने गरेको थिएन ।

यो वर्ष काउन्सिलले गरेको बर्गिकरण साना लगानीका छापा माध्यमहरुमाथि निकै नै अन्याय परेपछि पत्रकार महासंघ जिल्लाशाखा काठमाडौं भक्तपुर, ललितपुर समेतको संलग्नतामा आन्दोलन भएपछि प्रेस काउन्सिल नेपाल आफूले गरेको गल्ती स्वीकार गर्दै पत्रकारहरुसँग वार्ता गर्न तयार भएको हो ।

पत्रपत्रिका वर्गीकरणमा पूर्वाग्रह र अनियमितता हुने गरेको भएपनि यो वर्ष पत्रकारहरु निकै कडा ढंगले आन्दोलित भएपछि सङ्घर्ष समिति र काउन्सिलका पदाधिकारीबीच वार्ता शुरु भएको छ ।

सङ्घर्ष समितिले गत मङ्सिर २७ गते सञ्चारग्रामस्थित काउन्सिलको कार्यालयमा धर्ना दिई कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेपछि काउन्सिलले बुधबार आफूहरुलाई वार्तामा बोलाएको र पहिलो चरणमा आफ्ना कुरा राखिएको महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए । वार्तामा काउन्सिलका तर्फबाट सदस्य चेतनाथ धमला र मुख्य अधिकृत झविन्द्र भुसाल तथा सङ्घर्ष समितिका संयोजक दीपक पाण्डे, अध्यक्ष बिडारी, महासङ्घ ललितपुर र भक्तपुरका अध्यक्षद्वय क्रमशः ज्ञानप्रसाद पौडेल र पुष्कर बुढाथोकी सहभागी थिए ।

दुवै पक्ष पत्रकारिता क्षेत्र र काउन्सिलको मर्यादामा आँच नपु¥याउने गरी क्रियाकपाल र संवाद गर्न प्रतिबद्ध भएका छन् भने काउन्सिलको आज बस्ने सञ्चालक समितिको बैठकमा सङ्घर्ष समितिको मागअनुसार वर्गीकरणमाथि छानबिन समिति गठन गर्नेबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया