प्रदर्शनबाट बच्न श्रीलंकाका पूर्वप्रधानमन्त्री भागेर नौसेनाको आधार शिविरमा
नेपालखोज
२०७९ वैशाख २९ गते ७:५१
काठमाडाैं । भयानक आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले देशैभरि सुरक्षा बलहरूलाई परिचालन गरेको छ ।उनीहरूलाई सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकारसमेत दिइएको छ ।
गत महिनादेखि व्यापक विरोध प्रदर्शन सुरु भएपछिको पहिलो राष्ट्रिय सम्बोधनमा त्यहाँका राष्ट्रपति राष्ट्रपति गोटाबय राजपक्षले शान्ति-सुव्यवस्था पुनर्स्थापित गर्ने वाचा गरेका छन् ।
उनले राजीनामाको मागलाई बेवास्ता गर्दै संसद्लाई केही थप अधिकार दिने र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका छन् । तर त्यसका लागि कुनै समयसीमा तोकेका छैनन् ।
मूल्यवृद्धि र उपभोग्य वस्तुको अभावले उत्पन्न गरेको आक्रोशबीच उनका दाइ महिन्दा राजपक्षले सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । बीबीसी
सम्बन्धित
प्रतिक्रिया