शुक्रबार, वैशाख १४, २०८१

ठगीको आरोपमा पक्राउ

नेपालखोज २०७६ पुष ३ गते १२:३६

३ पुस, काठमाडाैं । सुनको जलप लगाई अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले हिजो साँझ दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रुपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० मखनाहा निवासी २५ वर्षीय प्रदीप साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाले मिर्चैया नगरपालिका– ६ स्थित राधाकृष्ण ज्वेलर्स र शिव ज्वेलर्समा सुनका रुपमा अन्य धातुको लकेट बिक्री गरी चाँदीका बाला लिएका थिए । बाँकी रहेको वस्तुसमेत लिएर जाने बेलामा लकेटको सुन परीक्षण गर्दा सुनको जलपमात्र भएको खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल चौधरीले जानकारी दिए ।

राधाकृष्ण ज्वेलर्स सञ्चालक देवकृष्ण साह र शिव ज्वेलर्सका सञ्चालक सन्तोष महतोले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया