शुक्रबार, वैशाख १४, २०८१

प्रभु क्यापिटलमा गाभियो समृद्धि क्यापिटल

नेपालखोज २०७६ पुष ३ गते १४:३०

३ पुस, काठमाडौं । नेपाल राष्ट्र वैकले वित्तिय संस्थाहरुलाई मर्जरमा जान दवाव दिईरहेका बेला नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड भने स्वस्पूmर्त रुपमा मर्ज गरेका छन् ।
प्रभु क्यापिटलमा आयोजित कार्यक्रममा समृद्धि क्यापिटल प्रालि प्रभु क्यापिटलमा गाभिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
वित्तिय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको अवस्थामा प्रभु क्यापिटलाई अझ बढी महत्वपूर्ण र शक्तिशाली संस्था बनाउनका लागि पनि समृद्धि गाभिएको समृद्धि क्यापिटलका अंगिस घिमिरेले बताए ।
यसले बजारमा म्यूचल फण्डलाई सहज बनाउन अझ सहज हुने घिमिरेको भनाई थियो । दुई संस्था मर्जरको सम्झौता पत्रमा प्रभु क्यापिटलका तर्फबाट भूपिन्द्र खत्री र समृद्धि क्यापिटलका तर्फबाट एल. पी भानु शर्माले हस्ताक्षर गरेका थिए ।
विगत ४ महिनादेखिको छलफल पश्चात विहिबार समृद्धि क्यापिटल प्रभु क्यापिटलमा गाभिएको हो । कार्यक्रम प्रसमारोहमा प्रभु बैक लिमिटेडका अध्यक्ष  देवि प्रकाश भट्टचन, प्रभु बैक लिमिटेडका सञ्चालकहरु  रमेश सिंह खडका,  अम्बिका शर्मा लामिछाने, प्रभु बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक/प्रबद्र्घकहरु तथा समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालक/प्रबद्र्घकहरुहरु उपस्थिति रहेको थियो ।

प्रतिक्रिया