तेह्र वर्षमा बन्यो हवाई मैदान
नेपालखोज
२०७६ पुष ४ गते ७:०९
४ पुस, ओखलढुङ्गा । निर्माण कार्य सुरु भएको १३ वर्षपछि ओखलढुङ्गाको खिजिचण्डेश्वरी हवाई मैदान निर्माण कार्य पूरा भएको छ ।
जिल्लाको खिजिदेम्बा गाउँपालिकामा पर्ने उक्त हवाई मैदान निर्माणका लागि तत्कालीन ओखलढुङ्गा जिल्ला विकास समितिले २०६३ सालमा बजेट विनियोजन गरी कामको सुरुवात गरेको थियो । अर्थिक वर्ष २०७३-७४ बाट भने नेपाल सरकारको बजेटमा नै समावेश गरी हवाई मैदान निर्माण कार्यलाई गति दिइएको थियो ।
निर्माण कार्य सम्पन्न भएसँगै हवाई मैदानमा परीक्षण उडानका लागि अनुगमन समेत भएको छ । सङ्घीय प्रतिनिधि सभाका सदस्य यज्ञराज सुनुवारको नेतृत्वमा मङ्लबार नागरिक उड्डयन प्राधिकरणको टिमले अनुगमन समेत गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित
प्रतिक्रिया