आइतबार, असोज ३, २०७८

साउन मध्यसम्म सर्पदंशका ५० बिरामीको उपचार

नेपालखोज २०७८ साउन १७ गते ९:२३

महोत्तरी । जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ ।

बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा यतिबेला उपचार गर्ने दिनदिनै बढेका छन् ।

साउनको मध्यभित्रै सर्पदंशका ५३ बिरामी उपचारका लागि आएका केन्द्रले जनाएको छ । तीमध्ये विषालु सर्पले टोकेका १५ जनाको उपचार गरिएको केन्द्रका उपचार प्राविधिक टोलीका नेता इन्द्रबहादुर केसीले जानकारी दिएका छन् ।

गत वर्ष पूरै साउनमा ४० सर्पदंशका घटना भएका थिए । यसै साउनको पहिलो सातामा गौरीडाँडामै एक १५ वर्षीय किशोरको सर्पदंशले मृत्यु भएको छ ।

प्रतिक्रिया