बिहीबार, मंसिर २०, २०८१

निजामती कर्मचारीले अव हप्तामा ४० घन्टा काम गर्नुपर्ने

नेपालखोज २०७६ पुष ४ गते ८:४३

४ पुष, काठमाडौँ । सरकारले निजामती कर्मचारीले हप्तामा कम्तीमा ४० घन्टा काम गर्नुपर्ने नियम बनाएको छ । सरकारले संगठन संरचना र दरबन्दी पुनरावोलकनसम्बन्धी कार्यविधि पारित गरी प्रत्येक पदमा कार्यरत कर्मचारीका लागि सो नियम ल्याएको हो ।

सरकारले पुनः संगठन तथा व्यवस्थापन ओएनएम सर्भे गरी संघमा दरबन्दी घटाउन कार्यवधि तयार गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले संघमा कर्मचारीको दबरन्दी करिब ३२ हजार पु¥याउने तयारी भएको बताउँदै प्रत्येक कर्मचारीले ४० घन्टा काम गर्नुपर्ने नियमलाई आधार मानी दरबन्दीको संख्या निर्धारण हुने बताए ।

उनले भने, ‘निजामती सेवामा आकर्षण बढाउन तथा सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउन कर्मचारीको दरबदी घटाउन र कर्मचारीको सेवासुविधा बढाउने तयारी भएको छ ।’

कार्यविधिमा कर्मचारीको तलबभत्ता सुविधा अन्तर्राष्ट्रिय औसतमा पु(याउने र निजामती सेवामा आकर्षण बढाउने भनिएको छ । सूचना प्रविधिको प्रयोगबाट संगठनको अभिलेख व्यवस्थापन कार्य सरलीकरण, समयको बचत, स्थान व्यवस्थापन, कार्यदक्षतामा हासिल गर्ने संगठन तथा कार्य्विधिलाई सूचना प्रविधिमा आाधारित बनाउने पनि उल्लेख गरिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया