शुक्रबार, वैशाख १४, २०८१

अब काठमाडौँभित्रका बोर्डिङ स्कुलका नाम नेपालीमा राख्न पर्ने

नेपालखोज २०७६ पुष ४ गते १६:५८

४ पुष, काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै निजी विद्यालयको नाम अनिवार्य नेपालीमा राख्नुपर्ने नीति बनाएको छ । धेरै निजी विद्यालयले अंग्रेजीमा नाम राखेकाले राष्ट्रिय सम्मानका लागि नेपालीमा नाम राख्नुपर्ने नीति ल्याएको हो ।

महानगरपालिकाले उक्त योजना २०७५ सालमै ल्याएको थियो । तर, नीति नबन्दा योजना कार्यान्वयन हुन सकेको थिएन् । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अनिवार्य रूपमा निजी विद्यालयको नाम नेपालीमा राख्ने नीति बनाएको बताइन् ।

उनका अनुसार महानगरपालिकाले बनाएको उक्त नीतिलाई बेवास्ता गरे कुनै निजी विद्यालयले स्कुल सञ्चालन गर्न पाउने छैनन् । साथै, उपप्रमुख खड्गी श्रेष्ठले सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीय बनाएपछि निजी र सामुदायिक विद्यालय गाभ्ने योजना ल्याएको बताइन् ।

उनले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा महानगर बढी केन्द्रित रहेको बताएकी छन् ।

प्रतिक्रिया