शनिबार, वैशाख १५, २०८१

सडक सञ्जाल विस्तार गरेर मात्रै तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर्न चीनको सुझाव

नेपालखोज २०७६ पुष ५ गते ८:४८

५ पुष, काठमाडौँ । चीनले सडक सञ्जाल विस्तार गरेर मात्र तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल–चीन सम्पर्क सञ्जाल विस्तारका लागि नेपालतर्फको सडक ‘अल वेदर हाइवे’ बनाउन सुझाव दिएको हो ।

तिब्बत जनसरकार प्रमुख छिटाला नेतृत्वको टोलीले सडकमार्ग मार्पmत ल्हासा–केरुङ–काठमाडौं–खासा यात्रा गरेपछि रेलमार्ग अघि सडक सुधार गर्न सुझाव दिएको कूटनीतिक स्रोतले जनाएको छ ।

टोलीले अध्यागमन सुरक्षाबारे पनि चासो राखेको बेइजिङस्थित कूटनीतिज्ञले बताएका छन् । क्रसबोर्डर रेलमार्ग निर्माण जटिल भौगोलिक अवस्थाका कारण ढिलाइ र खर्चिलो हुने भएकाले पहिला सडक सञ्जाल र नाका व्यवस्थित गर्न सुझाव दिएको हो ।

प्रतिक्रिया