बिहीबार, चैत १५, २०८०

सहकारीको १२ करोड हिनामिना, ३ जना पक्राउ

नेपालखोज २०७६ पुष ५ गते ८:५९

५ पुष, कपिलवस्तु । कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थामा भएको १२ करोड रुपैयाँ घोटालाको छानबिनका लागि ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका व्यवस्थापक सहित थप ३ जना कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सहकारीका व्यवस्थापक अभिनाश पाण्डेय, कार्यालय सहायक राकेश ठाकुर र बचत संकलनकर्ता श्रवणकुमार गुप्ता (तेली) लाई अनुसन्धानका लागि हिरासतमा लिएको छ ।

सहकारी संस्थाको १२ करोड रुपैयाँ हिनामिना प्रकरणमा सहकारीका कार्यालय सहायक राजेश कान्दुलाई प्रहरीले २३ दिनअघि पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सहकारीमा आर्थिक हिनामिना भएको भेटिएपछि केही दिनका लागि सहकारीको कारोबार बन्द गरी खाता, कम्प्युटर पोस्टिङ, लेजर इन्ट्रीलगायत सबै कारोबारलाई सूक्ष्म ढंगबाट चेक जाँच सुरु गरिएको सहकारीका अध्यक्ष रामेन्द्र सिंह रावलले बताउनु भयो । सहकारी संस्थाको कारोबार १ महिनादेखि बन्द छ ।

प्रतिक्रिया