शनिबार, वैशाख १५, २०८१

‘गठबन्धन सरकारकै कारण अर्थतन्त्र तहसनहस भयाे’

महासचिव पोखरेले भने गठबन्धन भत्काउने एमालेको योजना छैन

नेपालखोज २०७९ चैत ९ गते ११:३०

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन भत्काउने एमालेको योजना नरहेको जनाएका छन् । दाङकाे घेराहीमा भएकाे पत्रकार सम्मेलनमा बाेल्दै उनले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता मौलाएको भन्दै एमाले तत्काल गठबन्धन भत्काउन नलाग्ने बताएका हुन् ।

पोखरेलले सरकार देश र जनताभन्दा विदेशीको काँधमा चढेर राष्ट्रियस्वाधीनता विरोधी गतिविधिमा लागे एमालेले सधैंं विरोध गर्ने बताए । विगतमा आरजू राणा र जनार्दन शर्माका कारण देशको अर्थतन्त्र कमजोर भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकारकै कारण अर्थतन्त्र तहसनहस भएको टिप्पणी गरे ।

प्रतिक्रिया