बिहीबार, चैत १५, २०८०

नारायणहिटी संग्रहालयमा हिटलरले दिएको कार देखि बेलायती महारानीको बग्गीसम्म राखिने

नेपालखोज २०७६ पुष ६ गते ७:०२

६ पुस, काठमाडाैं । नारायणहिटी संग्रहालयमा हिटलरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेको बग्गी र पुराना सवारी साधनलगायतका सामाग्री प्रदर्शनीमा राखिने भएको छ ।

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा ती सामाग्री प्रदर्शनीमा राख्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार भ्रमण वर्ष शुरु भएको केही महिनाभित्र कार्यविधि निर्माण गरी ती सामग्री प्रदर्शनीमा राखिने छ ।

हिटलरको उक्त कार पूर्वराजपरिवारले प्रयोग गरेको थियो भने बेलायती महारानीले दिएको बग्गी तत्कालीन राजाहरुले विशेष समारोहमा चढ्ने गरेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

प्रतिक्रिया