बुधबार, वैशाख १२, २०८१

हावाबाट बिजुली निकालेर गाउँ नै उज्यालो

नेपालखोज २०७६ पुष ६ गते ७:२५

६ पुस, पाल्पा । हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका–४ का १५० घरधुरी उज्यालो बनेका छन् ।

दुई वर्षअघि मिल्यालमा हावाबाट बिजुली उत्पादन सफल परीक्षण भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र निस्दी गाउँपालिकाको गरी दुई करोड १५ लाख संयुक्त लगानीमा हावा र सौर्यबाट २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेको हो ।

२५ किलोवाट बजिुलीले निस्दी ४ स्थित झ्यालटुङ, रुक्सेभञ्ज्याङ, काफलडाँडा, मौलाथर, मित्याल बजारका १५० बढी घर उज्यालो बनेको उपभोक्ता समितिका अध्यक्ष भूपिन्द्र सुनारीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया