शनिबार, जेठ ५, २०८१

बालबालिकाको कार्यकारी क्षमता विकासमा असर पार्ने तत्व

नेपालखोज २०८० भदौ ३ गते ८:०२

बालबालिकामा कार्यकारी क्षमताको विकासलाई प्रभाव पार्ने विभिन्न कारक तत्वहरू हुन सक्दछन् । जो यस प्रकार छन्:

१. अनुवांशिकता: केहि अध्ययनहरूका अनुसार कार्यकारी क्षमता अनुवांशिकताद्वारा पनि प्रभावित हुन सक्छ । अग्रज तथा पूर्वजहरूको कार्यकारी क्षमताका गुणहरूका आधारमा बालबालिकाको कार्यकारी क्षमता कति बलियो छ भन्ने कुरा तय हुन सक्दछ ।

२. वातावरणीय कारकहरू: घर र विद्यालयको वातावरणले कार्यकारी क्षमताको विकासमा भूमिका खेल्न सक्दछ । सहयोग र प्रोत्साहनयुक्त वातावरणमा हुर्कने बालबालिकाले उमेर बढ्दै जाने क्रममा बलियो कार्यकारी क्षमता विकास गर्न सक्छन् ।

३. अभिभावकीय शैली: आमाबाबुले आफ्ना बालालिकासँग अन्तरक्रिया गर्ने, उत्प्रेरणा प्रदान गर्ने, स्याहार सुसारमा उचित ध्यान दिने तथा पर्याप्त गुणस्तरीय समय दिने तरिकाले कार्यकारी क्षमतालाई पनि प्रभाव पार्न सक्छ । उदाहरणका लागि, कार्यतालिका बनाइदिने, बालबालिकाका स्पष्ट अपेक्षाहरू तय गरिदिने र समस्या समाधान गर्न प्रोत्साहन गर्ने अभिभावकहरूले आफ्ना बालबालिकालाई असल कार्यकारी क्षमता विकास गर्न मद्दत गर्न सक्छन् ।

४. चरणगत विकास: कार्यकारी क्षमता समयसँगै सुधार हुँदै जान्छन् । सामान्यतया, वाल्यवस्थामा भन्दा किशोरावस्थामा यस्ता क्षमता बलिया हुन्छन् । त्यसैले अभिभावक तथा सिकाइकर्ताहरुले उनिहरुको उमेर अनुसारका विकास र सिकाइका उपलब्धीहरु मापन गर्दै जानु पर्दछ ।   

५. स्वास्थ्य र पोषण: राम्रो स्वास्थ्य र पोषण भएका बालबालिकासँग राम्रो स्वास्थ्य र पोषण नभएका बालबालिकाहरू भन्दा राम्रो कार्यकारी क्षमता हुन सक्छ । तसर्थ प्रारम्भिक बाल्यवस्था देखि नै बालबालिकाको उचित पोषण र स्वास्थ्यमा ध्यान दिनु पर्दछ ।   

६. तनाव र आघात: धेरै तनाव वा आघात भोगेका बालबालिकालाई कार्यकारी क्षमताहरू विकास गर्नमा कठिनाई हुन सक्छ ।

७. सिकाइ असक्षमताहरू: एटेन्सन डेफिसिट/हाइपरएक्टिविटी डिसअर्डर (ADHD) जस्ता निश्चित सिकाइ असक्षमता भएका बालबालिकालाई कार्यकारी क्षमता विकास गर्न कठिनाई हुन सक्छ ।
युनिसेफ नेपाल

प्रतिक्रिया