बिहीबार, चैत १५, २०८०

अपहरित अध्यक्ष शाहीकी श्रीमती इला सकुशल भेटिइन्, धिरबहादुरको अवस्था भने अज्ञातै

नेपालखोज २०७६ पुष ६ गते १०:१७

६ पुष, दैलेख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट अपहरणमा परेका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही सकुुशल भेटिएकी छिन् ।

वडा नम्बर १ का अध्यक्ष नर्तमबहादुर बुढाले इला सकुशल भेटिएको जानकारी दिएका छन् । गाउँपालिकाको उत्तरतर्फ पर्ने कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा उनी फेला परेको खबर आएको वडाध्यक्ष बुढाले बताए । तर, गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीको अवस्था भने अझै अज्ञान छ ।

अध्यक्ष शाहीलाई कालीकोटतर्फ लिएको अनुमान गरिएको छ । अध्यक्ष दम्पतीलाई किन अपहरण गरिएको भन्ने अहिलेसम्म नखुलेको वडाध्यक्ष बुढाले बताए ।

प्रतिक्रिया