कोरोना कहर : विश्वभर १ करोड ७२ लाख बढी उपचारपछि निको भए
एजेन्सी । विश्व मै महामारीकारुपमा फैलिएको कोरोना भाइरस (कोभिड( १९) संक्रमणले यतिबेला विश्व नै त्राहिमान छ । विश्वका धेरै देशमा कोरोना संक्रमण फैलिसकेको छ ।
हालसम्म यसलाई निको पार्ने औषधी बन्न सकेको छैन् । यसैक्रममा कोरोना भाइरस संक्रमण भइ निको हुनेको संख्या पनि विश्वमा बढ्दै गएको छ । विश्वभर २ करोड ४९ लाख मानिस संक्रमित भइरहदा १ करोड ७२ लाख ९४ हजार बढी निको भइसकेका छन् ।
हाल विश्वभर संक्रिय संक्रमितको संख्या ६७ लाख ६९ हजार बढी छन् । त्यसमा ९९ प्रतिशत अर्थात ६७ लाख बढीको अवस्था सामान्य रहेको छ भने १ प्रतिशत अर्थात ६१ हजार १ सय बढीको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् भने ५ हजार ६६७ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । अमेरिकामा ६० लाख ९६ हजार बढीमा संक्रमण पुष्टि भएको छ भने हालसम्म १ लाख ८५ हजार बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै छिमेकी देश भारतमा हालसम्म ३४ लाख ६१ हजार बढीमा संक्रमण भइसकेको छ भने ६२ हजार ७ सय बढीले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया