शुक्रबार, चैत १६, २०८०

महेन्द्रलाई सरापेर आफ्नो स्वार्थ पूरा गर्नेहरु कसरी राष्ट्रवादी ?

नेपालखोज २०७६ पुष ६ गते १०:३३

 

२०१७ साल पुष १ गते तत्कालिन राजा श्री ५ महेन्द्रवाट देशवासीका नाममा सम्वोधनका क्रममा उल्लेख भएका शव्दहरु यहा उल्लेख गर्नु सान्दर्भिक होला । “निर्वाचन पछि वनेको यो मन्त्रिमण्डले शान्ति सुरक्षा कायम गर्ने हरेक सरकारले गर्ने काम समेत गर्न सकेन, प्रशासन यन्त्रत्रको सुधार गर्ने नाममा

भएका कारवाहि वाट प्रशासन यन्त्रनै ठप्प हुन पुगेको कुरा सवैलाई थाहै भएको कुरा हो को पुन संरचना गर्ने नाममा, जनताको दुख र पिरमर्का जस्ताको तस्तै रह्यो । जनताको पिरमर्का तर्फ सरकारको ध्यान गएन देखिएन । निर्वाचन पछि वनेको यो सरकारले कुनै उल्लेख्य कुनै काम भएन । उल्टो अधिकारको अनुचित प्रयोग सरकारका माथिल्लो तहनै भ्रष्टाचारमा संलग्न भएको देखियो साप्रदायितताले प्रसय पायो र यसले शान्ति स्रक्षामा समेत आघात ज्यादै गैर जिम्मेवार तरिकावाट राजमुकुटलाई समेत दलगत राजनीतिमा मुछ्ने काम भयो । यहि घोषणाद्धारा प्रतिवन्ध वर्गिय संगठन तथा दलहरुलाई प्रतिवन्ध लगाईएकोछ ” ।
माथि उल्लेखित सन्देशले त्यसवेलाको नेपालको प्रतिनिधित्व मात्र नगरी हालको नेपालको वर्तमान स्थितिको समेत प्रतिनिधित्व गर्दछ ।
आधुनिक नेपालको जनक पृथ्वीनारायण शाह भएतापनि उनिपछिका शासकहरुमा महेन्द्र विर विक्रम शाह जति दुरदर्शि शासक अरु हुन नसकेको र प्रत्यक्ष शासन गर्ने उनको अभिलाषा तथा त्त समयको नेपालको परिस्थितिले गर्दापनि उनको अभिलाषा पूर्ण हुन गएको देखिन्छ । दिल्ली सम्झौता पछि नेपालको हरेक क्षेत्रमा भारतीय हस्तक्षेप कसैवाट लुकेको कुरा होईन ।
तत्कालिन मोहन शमसेरको प्रधानमन्त्रीत्वकाल (प्रजातन्त्र प्राप्ति पछि) को मन्त्रीमण्डलको वैठकमा समेत भारतीय प्रतिनिधिको सहभागिता रहने गरेकोमा राजा महेन्द्र कै दुरदर्शिताका कारण त्यो परम्परा हट्न गएको पाईन्छ । हाल भारतको हरेक क्षेत्रमा हस्तक्षेप र भारतीय नैतिक, अनैतिक कुराको समर्थन गर्ने नेपालका दलहरुका लागि यो एउटा गतिलो पाठ हुन सक्दछ मनन गरेको खण्डमा ।
राजा महेन्द्रको अप्रत्यक्ष शासन २००७ देखि २०१७ सालसम्ममा भएका उल्लेख्यनिय कामहरु को स्मरण गर्दा त्रिभुवन विश्वविद्मालयको स्थापना, दर्जनौ उद्योग, राजमार्गहरु लगायतका कार्यहरु ले गर्दा राजा महेन्द्रलाई विकासको संवाहकका रुपमा चित्रण गर्नु पर्ने हो । तर त्यसोे हुन सकिरहेको देखिदैन । हरेक सिक्काका दुईपाटा हुन्छन भने झै दलहरुको नजरमा पु्ष १, २०१७ को कदम कु देखिएतापनि राजा महेन्द्रवाट देश तथा जनतामाथि विश्वासघात भएको कुरा हालको प्रजातन्त्रको प्राप्ति पछि २०४६ देखि हाल सम्म देशका सम्पुर्ण राजनितिक दलहरु को कार्य गराईले गर्दा कु भन्ने शव्द प्रति प्रश्न वाचक चिन्ह ? लागेको देखिन्छ ।
२०११ सालमा देशको वागडोर सम्हालेका पुर्व राजा महेन्द्रले २०१७ साल पुष १ गते तत्कालिन विश्वेश्वर प्रसाद कोईरालालाई माथि उल्लेखित सम्वोधन मार्फत पदवाट बर्खास्त गर्न पु्गेको र त्यसपछि २०२८ साल माघ १७ गते आफ्नो देहान्त नहुन्जेल देशमा शासन गरेकोमा उनको शासनकालमा नेपालले आफ्नो छ्ट्टै पहिचान विश्वमा वनाउन सफल भएको कुरा नर्कान सकिदैन । राजनीति र साहित्य दुई भिन्ना भिन्नै विधा हो भन्ने सोचका धनी राजा महेन्द्रले साहित्यकार वि.पी. कोईरालाका रचनाहरु विश्वविधालय स्तरमा पठन पाठनमा समावेश गराउनु उनको दुरदर्शिता नै हो भन्नु मा अतिशयोक्ती नहोला ।
यसको विपरित २०४६ सालको नेपालको परिवर्तन पछि गितकार म.वि.वी.शाहका कुनै पनि गितहरु नेपालको कुनै पनि सन्चार माध्यममा नवज्नु नेपालको सत्तामा आसिन व्यक्तिहरुको दरिर्द मानसिकता हो भन्नुमा कुनै दुई प्रश्न नहोला ।

२०४६ सालको परिर्वतन पछि २०१७ साल देखि देशको आर्थिक उन्नतीका रुपमा रहेका सयौ कल कारखाना लगायत उद्योग लगायतका वेरोजगारी न्युनिकरणका साधनहरु धमाधम वन्द हुदै गए जसको फलस्वरुप कथाकथित जनयुद्धको शुरुवात २०५२ फागुन १ गतेवाट हुन गई नेपाललाई ५० वर्ष पछि धकेल्ने काम मात्र भएन वृटिश र भारतीय सेनामा भर्ति हुने परम्परालाई अन्य क्षेत्रमा समेत विस्तार हुन गई आज प्रत्येक दिन जसो युवाहरु वाकसमा वन्द भै आउन वाध्य पारिए । देशको बजेट युवालाई विदेश पलाएन गरी रेमिट्यन्सवाट चल्न वाध्य पारियो । २०४६ सालको यो महान उपलव्धीलाई दलहरु को नेपाली जनतालाई उपहार हो भन्नु मा कुनै अतिशयोक्ती नहोला ।

हाल प्रत्येक नेपालीको शिरका करिव ३९ हजार ऋण रहेको स्थितिमा देशले चौतर्फि विकास हुनु पर्नेमा केही परिवार, केही झोले, केही गुण्डा गु्रप लगायतको मात्र उन्नति देखिएको जंगलवाट शहर पसेकाहरुको सामाजिक तथा राजनैतिक रवाफ तथा पहुँचले गर्दा देश आज कुन स्थितिमा पुग्न गएको छ ? यसको कुनै जवाफ ति नवभारदारहरुसंग छ ? देशआज अभिभावक विहिन अवस्थामा पुगेको र यसको निकासका लागि जनताले अर्को विकल्प खोज्न लागिसकेको वर्तमान अवस्थामा जनतावाटै अर्को विकल्प विद्रोह मार्फत जन्मिएको खण्डमा त्यो नौलो नहुने र त्यसपछिको भयावह स्थितिको जिम्मेवार २०४६ सालदेखि हालसम्म सत्तामा आसिन भएका, उच्च तहमा वसेका कर्मचारी, दलका कार्यकर्ता , तिनीहरुका अनेक नामका भातृसंगठनहरु नै हुनु पर्ने देखिन्छ ।

प्रतिक्रिया