बिहीबार, वैशाख ६, २०८१

हिउँदे अधिवेशनबाट कम्प्याक्ट अनुमोदन गर्न एमसीसी नेपालको आग्रह

नेपालखोज २०७६ पुष ६ गते १६:१२

६ पुस, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालले संसदको हिउँदे अधिवेशनबाट कम्प्याक्ट अनुमोदन गर्न आग्रह गरेको छ ।
एसीसीले आईतबार पत्रकार सम्मेलन गर्दै नेपालको आफ्नै वैधानिक प्रक्रिया अन्तर्गत स्थापना गरिएको अर्थ मन्त्रालय अन्तर्गतको विकास समिति एमसीए–नेपाल अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको कम्प्याक्टमा उल्लेख गरिएका पूर्वधार आयोजना समयमै सम्पन्न गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै संसदबाट पारित गर्न आग्रह गरेको हो ।

सत्तारुढ दल नेकपाभित्र एमसीसी स्वीकार गर्ने नगर्ने विषयमा विवाद बढिरहेका बेला एमसीसीले संसदबाट पारित गर्न आग्रह गरेको हो । नेकपाभित्र इण्डो प्यासेफिक रणनीति कै एक अंग एमसीसी भएकोमा विवाद छ ।

विशेष गरी पूर्व माओवादीहरु एमसीसी स्वीकार गर्न नहुने पक्षमा छन् भने पूर्व एमाले विशेष गरी ओली पक्षधर भने एमसीसी इण्डो प्यासेफिक रणनीतिका अंग नभएको भन्दै संसदको अधिवेशनबाट पारित गर्ने बताइ रहेका छन् ।

गत बिहीबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनु भएका संचारमन्त्री गोकुल बास्कोटाले संसदको अधिवेशनबाट एमसीसी पारित गर्ने बताएका थिए ।

प्रतिक्रिया