शुक्रबार, वैशाख १४, २०८१

निजगढ विमानस्थलको मुद्दा प्रधानन्यायाधीशले आफ्नै इजलाशमा तोके

नेपालखोज २०७६ पुष ६ गते १६:४६

६ पुस, काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको निवेदनमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलाशमा पेसी तोकेका छन् । विमानस्थल निमार्णका क्रममा काटिने रूख लगायतको वातावरणीय सर्वोच्चमा दुई थान मुद्दा विचाराधीन रहेका छन् ।

वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा र पूर्व प्रशासक द्वारिकानाथ ढुंगेलले हालेको मुद्दा सर्वोच्चमा सुनुवाइको क्रममा रहेको छ । दुवै निवेदनलाई एकै इजलाशमा राखेर प्रधानन्यायाधीश राणाले आफू र न्यायाधीश कुमार रेग्मीको इजलाशमा पेसी तोकेका हुन् ।

वरिष्ठ अधिवक्ता शर्माले २०७६ भदौ २४ गते रिट दायर गरेका थिए भने ढुंगेलसहितले २०७६ मंसिर १७ गते दोस्रो रिट हालेका थिए । दोस्रो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मंसिर २० गते अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया