शुक्रबार, वैशाख १४, २०८१

नेविसंघको नेतृत्वका विषयमा पौडेल समुह लचिलो

नेपालखोज २०७६ पुष ६ गते १९:२४

६ पुस, काठमाडौँ । नेपाली कांग्रेसमा गुटगत एजेण्डामा संस्थापन र इतर पक्षको जुहारी चलिरहेका बेला रामचन्द्र पौडेल समूहले पार्टीको १४ औँ महाधिवेशन आउँदो मंसिर ५ मा गर्ने प्रस्ताव गरेको छ । आइतबार संस्थापन पक्षसँग भएको वार्तामा पौडेल समूहले २०७७ मंसिर ५, ६, ७ र ८ मा महाधिवेशन गर्न प्रस्ताव गरेको हो ।

तर, संस्थापन पक्षले भने यस पहिलेदेखिनै आउने फागुनमा महाधिवेसन गर्ने तालिका बनाएर बसेको छ । आइतबारको छलफलमा पनि दुई पक्षविच कुरा मिलेन । यता, नेपाल विद्यार्थी संघ(नेविसंघ) को नेतृत्वका विषय माथि पनि आईतबारको छलफल केन्द्रित थियो ।

यस विषय माथिको छलफलका क्रममा पौडेल समुहले नेविसंघको नेतृत्व छाड्ने तफ लचकता देखाएको स्रोतले जानकारी दिएको छ । छलफलमा कांग्रेसको अर्को भातृ संगठन तरुण दल र नेविसंघमा पद मिलानका विभिन्न पक्ष माथि कुरा भएपनि ठोस सहमति हुन भने सकेको छैन । अर्को छलफलबाट केही बुदामा सहमतिको निकास निकाल्ने तयारी संस्थापन र इतर पक्षले गरेका छन् ।

प्रतिक्रिया