सोमबार, असोज २८, २०८१

वागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त

नेपालखोज २०७९ पुष २५ गते १४:२४

काठमाण्डौं । वागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त भएका छन् ।

उनी माओवादी केन्द्रका नेता एवं संसदीय दलका नेता हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई एमालेको २७, माओवादी केन्द्रको २१ ,राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सहित ७० जनाको समर्थन छ ।

प्रतिक्रिया