शनिबार, वैशाख ८, २०८१

राष्ट्रिय स्तरको बन्ने लक्ष्य सहित मर्ज हुने भए २ लघुवित्त

नेपालखोज २०७६ पुष ६ गते १९:४६

६ पुस, काठमाडौँ । युनिक नेपाल लघुवित्त र बुद्धज्योति लघुवित्त मर्ज हुने भएका छन् । शुक्रबार २ संस्थाले मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर गर्दै मर्जर प्रकृयालाई औपचारिकता दिएका हुन् । यि संस्थाको मर्जर पछि युनिक नेपाल लघुवित्त नाम रहने सम्झौता भएको छ । युनिक नेपाल बाँकेको कोहलपुरमा रहेको छ भने बुद्धज्योति रुपन्देहीको भैरहवामा रहेको छ ।

हाल युनिक नलाको चुक्ता पुंजी ७ करोड छ भने बुद्धज्योतिको १ करोड २० लाख रहेको छ । मर्जपछि बन्ने संस्थामा बुद्धज्योतिको एक जना संचालक रहने छ भने सीइओ युनिक नेपालले पाउने तथा डेपुटी सीइओ बुद्धज्योतिले पाउने सहमति भएको छ ।

३ महिना भित्र मर्जरको काम सक्ने तथा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ६५ः ३५ कायम हुने गरी आईपिओ निष्काशन गर्ने सहमति भएको छ । मर्जरपछि राष्ट्रिय स्तरको कम्पनी बन्ने लक्ष्यका साथ कार्य आगाडी बढाईने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया