बिहीबार, वैशाख १३, २०८१

गाउँपालिकाका अध्यक्ष अपहरण मुक्त

नेपालखोज २०७६ पुष ७ गते ७:४०

७ पुस, दैलेख । शनिवार राती १२ बजे बिप्लव नेतृत्वको समूहले अपहरण गरेका दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही ३३ घण्टा पछि अपहरणमुक्त भएका छन् ।

उनलाई कालिकोट बाट खटिएको सशत्र प्रहरी र नेपाल प्रहरीको सयुक्त सुरक्षाबलले कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नः १ को छाती भन्ने स्थानबाट अपहरणमुक्त गरेको हो ।

कालिकोट जिल्ला शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले अपहरणमुक्त भएको पुष्टी गरेका छन् । उनले आतईतवार बिहाना शुभकालिका गाउँपालिका वडा १ मा छातीमा रहेको एक स्थानीयको घरमा खाना खाएको सुराकीको आधारमा नेपाल प्रहरी र सशत्रप्रहरी बलले सुरक्षा घेरा हालेर नियन्त्रणमा लिन खोजेपछि हवाई फाएर भए लगत्तै बिप्लव नेतृत्वको नेकपा माओबादी भागेपछि उनी अपहरणमुक्त भएको जानकारी दिए । दैलेख जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले उनलाई अपहरण मुक्त गरेर प्रहरीको सुरक्षामा राखीसकेको बताए । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया