बिहीबार, वैशाख ६, २०८१

प्रधानन्यायाधीश जबराले राष्ट्रपतिलाई प्रतिवेदन बुझाए

नेपालखोज २०७६ पुष ७ गते १७:००

७ पुस, काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक प्रतिवेदन पेश गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्षसमेत छन् ।

प्रतिक्रिया