बिहीबार, चैत १५, २०८०

चिसो बढेपछि दुई गाउँपालिकाका विद्यालय बन्द

नेपालखोज २०७६ पुष ७ गते १९:१५

७ पुस, सप्तरी । केही दिनयता शीतलहरसँगै सप्तरीमा बढेको अत्यधिक चिसोका कारण स्थानीय तहका मातहतमा रहेको सामुदायिक विद्यालय बन्द गरिएको छ । सप्तरीको रुपनी गाउँपालिकाले आजदेखि तीन दिनसम्मका लागि बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत ललनकुमार यादवले जारी गर्नुभएको सूचनामा रुपनी गाउँपालिकाभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा सामुदायिक विद्यालय सोमबारदेखि पुस ९ गतेसम्मका लागि जाडोमा विद्यालय बन्द गर्न सबैलाई अपिल गरे ।

यस्तै सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकाअन्तर्गत रहेको सामुदायिक विद्यालयसमेत पुस ७ गते अर्थात् सोमबारदेखि पुस ११ गतेसम्म पाँच दिनका लागि जाडो बिदा दिइएको छ । गाउँपालिका मातहतका सम्पूर्ण विद्यालय पुस ७ गतेदेखि शुक्रबार ११ गतेसम्मका लागि जाडो बिदा दिएको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले विज्ञप्तिमार्फत जानकारी गराए ।

जिल्लाको राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिकाले समेत मङ्गलबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । राजविराज नगरपालिकाले पुस ६ गते आइतबारदेखि पुस ८ गते मङ्गलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया