बिहीबार, वैशाख १३, २०८१

कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट लिने तयारी

नेपालखोज २०७७ साउन ७ गते १८:००

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्जालन गर्ने योजना बनाएको छ ।

परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालिएको बताए । लकडाउनका कारण बैशाखमा हुने तय भएको कक्षा १२ को परीक्षा रोकिएको थियो ।

यस्तै सरकारले यसअघि नै एसईई र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरिसकेको छ ।

पौडेलले परीक्षाका अन्य विधिबाट नसोचिएको र पूरानै तरिकाबाट परीक्षाबाट लिने तयारी भएको जानकारी दिए । । केन्द्र तोकिएका विद्यालयहरुलाई निर्मलीकरण गरेर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया