बुधबार, वैशाख १२, २०८१

वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक

नेपालखोज २०७६ पुष ८ गते ७:३१

८ पुस, काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् ।

सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा दुई लाख १०७ जनाले श्रम स्वीकृति लिएकोमा एक लाख २४ हजार बढी अदक्ष रहेका छन् ।

गएको मङ्सिरमा ५६ हजार ८१० जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा महिना ३१ हजार १८७ अदक्ष श्रमिक विदेश गएका छन् ।

यसैगरी सीपयुक्त जनशक्ति १९ हजार ७९६ जना छन् भने अर्धसीप भएका पाँच हजार ७४५ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ । त्यसैगरी व्यावसायिक सीप भएका ७५ जना र विशिष्ट सीप भएका सात जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया