मंगलबार, वैशाख ४, २०८१

देशभरको मौसम आज सामान्य

नेपालखोज २०७६ पुष ८ गते ७:५०

८ पुष, काठमाडौँ । पश्चिमी वायुको प्रभाव हटेपछि मुलुकभरको मौसम सामान्यतर्फ फर्किएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार (आज) नेपालमा कुनै खास मौसमी प्रणाली छैन् । त्यसैले देशभरको मौसम सामान्य रहेको छ ।

यद्यपि, पश्चिमी पहाडी भू–भागमा अहिले आंशिक बदली रहेको विभागले जनाएको छ । यस्तै तराईका भागहरूमा हुस्सुरकुहिरो लागेको छ । तराई क्षेत्रमा लागेको हुस्सुर कुहिरोका कारण चिसो बढ्न सक्ने भएकोले त्यसबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसअघि पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढ्नुका साथै हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको थियो । त्यसबाट जनजीवन प्रभावित हुन पुगेको थियो । त्यस्तै तराई क्षेत्रका केही भागमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको थियो ।

प्रतिक्रिया