शुक्रबार, वैशाख १४, २०८१

सम्भावित खतरा नदेखिए प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण फागुनमा गरिने

नेपालखोज २०७६ माघ १ गते ९:१९

१ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया फागुनमा सुरु गर्ने तयारी गरिएको छ । प्रत्यारोपण गराउने अस्पतालको चयन भने भइसकेको छैन ।

प्रधानमन्त्री ओलीको नियमित फलोअप त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । सातामा दुईपटक हेमोडायलसिस गराइरहेका प्रधानमन्त्रीको स्वास्थ्य स्थिति ‘स्थिर’ छ । मंसिरमा १० दिनको अस्पताल बसाइपछि केही सावधानी अपनाउँदै उनी नियमित काममा फर्किसकेका छन् । बाहिरबाट हेर्दा एपेन्डेसाइटिस शल्यक्रियाको घाउ निको भएको देखिए पनि त्यो ठाउँ बलियो हुन अझै एक महिना लाग्न सक्ने आकलन चिकित्सकहरूको छ ।

पेटको शल्यक्रियाको असरबाट पूर्ण मुक्त भएपछि मात्र चिकित्सकहरूले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी थाल्नेछन् । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक टोलीले स्वास्थ्य स्थितिमा अप्रत्याशित कुनै जटिलता, जोखिम वा कुनै सम्भावित खतरा नदेखिए फागुनमा प्रत्यारोपण प्रक्रिया सुरु गर्ने सोच बनाएको छ ।

प्रधानमन्त्री ओली सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालबाट गत भदौमा ७ पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि समेत मिर्गौलाले राम्ररी काम नगरेपछि डायलसिस हुँदै आएको छ ।

प्रतिक्रिया