बिहीबार, वैशाख १३, २०८१

सार्वजनिक शौचालय भवनमा पसल सञ्चालन , बटुवालाई शौच गर्न समस्या

नेपालखोज २०७६ पुष ८ गते १०:१३

८ पुस, डोटी । सार्वजानिक शौचालय भवनको कोठामा किराना पसल सञ्चालन हुन्छ ? अचम्म नमान्नुहोला । दिपायल सिलगढी नगरपालिका वडा नं ४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा अहिले किराना पसल सञ्चालनमा रहेको छ ।

स्थानीय खन्टी केसीले सो शौचालय भवनको कोठामा पसल सञ्चालन गरिरहेका छन् । यसबाट यात्रु तथा बटुवालाई शौच गर्न समस्या भएको छ । सार्वजानिक भवनको कोठाबाट पसल सञ्चालन गर्दासमेत सम्बन्धित निकायले चासो देखाएको छैन । पिपल्लाका मदनबहादुर कामीले “सार्वजनिक शौचालयमा पसल खोलिएको छ, शौचालय व्यक्तिगत बनाउँदा अन्य बटुवा तथा यात्रुलाई समस्या भएको छ, बटुवाले जाताततै शौच गरिदिन्छन् ।”

डोटी उद्योग वाणिज्य सङ्घको पहलमा विसं २०७४ मा निर्माण भएको उक्त शौचालयलाई अहिले निजी बनाइएपछि स्थानीयवासी चिन्तित बनेका छन् । करीब रु छ लाख ३१ हजार लागतमा निर्माण गरिएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्वसदस्य गणेशबहादुर साउदले जानकारी दिए ।

सार्वजनिक शौचालयमा तत्कालीन सुदूरपश्चिम खानेपानी तथा सुपरीवेक्षण कार्यालय दिपायल राजपुरले रु तीन लाख ६९ हजार सहयोग सहयोग गरेको थियो । सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले भने , “म अध्यक्ष भएको बेलामा शौचालय निर्माण भएको हो, पछि कसले कसलाई जिम्मेवारी दिए मलाई थाहा भएन ।”

प्रतिक्रिया