मंगलबार, वैशाख ११, २०८१

इसाई धर्मावलम्बीहरुलाई भोलि सार्वजनिक विदा

नेपालखोज २०७६ पुष ८ गते १०:५५

८ पुष, काठमाडौं । इसाई धर्मावलम्बीहरुले बिहीबार (भोलि) आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् । विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बिहीबार (भोली) क्रिसमस डे धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ ।

सम्वत् २०७६ सालभरको सार्वजनिक विदाबारे जानकारी दिन सम्वत् २०७५ चैत १ गते प्रकाशित राजपत्रका अनुसार पुस ९ गते बिहीबार (भोली इसाई धर्मावलम्बीहरुका लागि सार्वजनिक विदा दिइएको छ ।

क्रिसमसलगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर पछिल्ला वर्षमा सम्बन्धित् धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिएको छ ।

प्रतिक्रिया