शुक्रबार, वैशाख १४, २०८१

पिरतीको दाम्लो बाँध्दै दुर्गेश थापा, हेर्नुस कसरी कुदिरहेका छन् उनी !

नेपालखोज २०७६ पुष ८ गते १४:१२

८ पुस, काठमाडौँ । पछिल्लो समय चर्चित मोडेल दुर्गेश थापा पिरतीको दाम्लो बाँध्न दौडिरहेका छन् । मोडेल थापा मोडेल बिनु शाक्यसँग पिरतीको दाम्लो बाँध्न तम्सिएको देखिन्छ ।

तर, उनी आफ्नो वास्तविक जीवनमा पिरतीको दाम्लो बाँध्न दौडिएका भने होइनन् । पछिल्लो समय उनले अभिनय गरेको गीत पिरतीको दाम्लोको म्युजिक भिडियोमा पिरतीको दाम्लो बाँध्न दुर्गेश कहीले नदीनाला त कहिले हरियाली क्षेत्रमा खुब्बै कुदेको देखिन्छ ।

गीतमा अस्ट्रेलिया निवासी युवा गायक राजेश के.सीको आवाज रहेको छ । राजेशलाई पार्श्व गायनमा व्यस्त रहेकी गायिका अनु चौधरीले साथ् दिएकी छिन भने राज गुरुङका शब्द छन् । यिनै शब्दहरुमा किरण भण्डारीले संगीत भरेका छन् ।

यस भिडियोमा दुर्गा पौडेलको सिनेमाटोग्राफी र नबिन घर्तीमगरको सम्पादन रहेको छ । जसको शंकर बि सीले निर्देशन गरेका हुन । एसियन म्युजिकले यस भिडियोलाई बजारमा ल्याएको छ। लामो समय देखि अस्ट्रेलियाको सिड्नी बस्दै आएका गायक राजेश के सीको करिब १ दर्जन भन्दा बढी हिट गीतहरु आइसकेका छन ।

— भिडियो

प्रतिक्रिया