मंगलबार, वैशाख २५, २०८१

मिस्टर नेपालको अडिसन सुरु

'फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्छ'

नेपालखोज २०७८ फागुन २८ गते १७:०२

काठमाडौं । नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । आज काठमाडौंमा अडिशन सुरु भएको मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरे नेपाली व्यवसायीलाई नै सहयोग पुग्ने बताए ।

कोभिड पछि खुल्दै गरेको बजार र व्यवसायमा सरकारको सहयोग भए व्यवसायीहरुको मनोबल उच्च हुने बताए । उनले अन्य छिमेकी देशहरुमा राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनु पर्ने बताए ।

आयोजक धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यस पटक मिस्टर नेपालले मिस्टर वल्र्डको बाटो खुला गरेको पनि बताए । मिस्टर नेपालले आजबाट मिस्टर नेपालको अडिशन सुरु गरेको छ । काठमाडौंबाट सुरु भएको अडिशन देशभर नै गर्ने पनि आयोजक आयोजक धमलाले बताए ।

प्रतिक्रिया