शनिबार, वैशाख १५, २०८१

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानमा डङ्गोल निर्वाचित

नेपालखोज २०७६ पुष ८ गते १८:०७

७ पौष, काठमाण्डौं । बालसंरक्षणको क्षेत्रमा कार्य गर्ने विभिन्न संस्थाहरुको साझा संजाल रुपमा स्थापित बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) मा बालअधिकारकर्मी युवा नरेन्द्र डङ्गोल अध्यक्षमा निर्वाचित भएका छन ।

बालबालिका शान्तिक्षेत्र हुन भन्ने अवधारणाका साथ सन् २००१ बाट शुरु भएको यो संस्थाको दुई वर्षे कार्यकालका लागि डङोल निर्वाचित भएका हुन् । अभियानको उपाध्यक्षहरुमा मिना शर्मा र नवल किशोर यादव, महासचिवमा राजेश शर्मा, कोषाध्यक्षमा रन्त उप्रेती निर्वाचित भएका छन् भने सदस्यहरुमा टिकाराम आर्चाय, चन्दा कुमारी गुरुङ्ग, टिका फुलारा, रुद्र मसराङ्गी, दिपक शर्मा, कुमारी ममता झा, अनिता निराला र प्याग नेपाल रहेका छन् ।

बालअधिकारका क्षेत्रमा कानुन निर्माण, तिनका सेवा प्रवाह, संयन्त्रहरु निर्माण र सवलीकरणमा सरकारहरुसंग सहकार्य र सो का लागि पैरवी गर्ने नवनिर्वाचित अध्यक्षमा नरेन्द्र डङ्गोलले बताए ।

प्रतिक्रिया