शुक्रबार, वैशाख १४, २०८१

क्यान्सरबाट बच्न आहार विहारमा ध्यान दिन आग्रह

नेपालखोज २०७६ पुष ८ गते १९:२६

८ पुस, काठमाडौं । आहारबिहार र असावधानीका कारण धेरै व्यक्ति क्यान्सरको जोखिममा परेको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले बताएका छन् । क्यान्सर काउन्सिल नेपालद्वारा आयोजित क्यान्सर रोग विषयक सचेतना कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
यस रोगसँग बच्नका लागि आहारविहारमा विशेष ध्यान दिनु आवश्यक भएको बताउँदै पौडेलले रहनसहन, आहारबिहार र असावधानीका कारण धेरैले क्यान्सर रोगबाट ज्यान गुमाउनुपरेको बताए ।

सुर्तीजन्य पदार्थ, मदिरा आदिको सेवनले क्यान्सर रोग बढाउने गरेको बताउँदै उन्ले कतिपयले बेलैमा सावधानी अपनाउन नसक्दा पनि यसको मारमा पर्ने गरेको जानकारी दिए ।
विश्वमा सन् २०१८ मा क्यान्सरकै कारण करीब १० लाख जनाले ज्यान गुमाएको बताउँदै उनले त्यसमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण २२ प्रतिशतले ज्यान गुमाएको उल्लेख गरे ।

कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले बेलैमा सचेत हुने हो भने क्यान्सरबाट हुने जोखिममा कमी ल्याउन सकिने धारण राखेको थिए । सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रणलगायत आहारबिहारमा ध्यान पु¥याउने हो भने त्यसले क्यान्सरजन्य रोगबाट बच्न धेरै सहयोग पुग्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया