शुक्रबार, वैशाख ७, २०८१

आज जिसस जन्मिएको दिनको सम्झनामा ‘क्रिसमस डे’ मनाइँदै, इसाइ धमावबलम्बीको मात्र बिदा

नेपालखोज २०७६ पुष ९ गते ७:४७

९ पुष, काठमाडौँ । इसाइ धमावलम्बीहरुले आज ‘क्रिसमस डे’ धुमधामका साथ मनाइ रहेका छन् । २५ डिसेम्बरमा इसाइ धर्मका प्रणेता जिसस क्राइस्ट जन्मिएको दिनको अवसरमा इसाइ धमावलम्बीहरुले ‘क्रिसमस डे’ मनाउने गर्दछन् । आजको दिनलाई इसाइ धमावबलम्बीहरुले शुभकामना तथा उपहार साटासाट गर्दै मनाउने गर्छन् ।

क्रिश्चियन धर्मका प्रणेता जिससको जन्म दिनको अवसरमा दुई हजार १९ वर्षअघिदेखि यो पर्व मनाउन थालिएको हो । उनकै सम्झनामा इस्वी सम्वत सुरु भएको पनि विश्वास गरिन्छ ।  क्रिश्चियन धर्मावलम्बीले क्रिसमस सुरु हुनु साताअघिदेखि नै ‘क्रिसमस ट्रि’ बनाएर घर पसलमा सजाउने गर्छन् । यस दिन साँझपख घरघरमा दीपावलीसमेत गर्ने गरिन्छ ।

इसाइ धमावलम्बीहरुले ‘क्रिसमस डे’ को अघिल्लो साँझ रमाइलो गरी ‘प्रभु इसु’को सम्झनामा ‘क्रिसमस इभ’ मनाउने परम्परा पनि छ । पश्चिमा देशमा क्रिसमसका अवसरमा लामो बिदा दिइन्छ । भने नेपालमा समेत पछिल्ला वर्ष २५ डिसेम्बरमा बिदा दिने गरिएको छ । २०६३ सालमा तत्कालीन व्यवस्थापिका संसद् बैठकले ‘नेपाललाई धर्म निरपेक्ष राष्ट्र’ घोषणा गरेपछि यस पर्वले थप व्यापकता पाएको हो ।

तर, अघिल्लो वर्षदेखि क्रिश्चियन धमावबलम्बीलाई मात्र यसदिन बिदा दिने गरेको छ । जिसस क्राइस्टको जन्म कुमारी आमा मेरीको कोखबाट २५ डिसेम्बरमा भएको हो । इजरायलस्थित जेरुसेलम वेथलहेममा उनको जन्म भएको थियो ।

प्रतिक्रिया