मंगलबार, वैशाख ११, २०८१

नेपाल नर्सिङ संघको निर्वाचन आज हुँदै

नेपालखोज २०७६ पुष ९ गते ९:२९

९ पुष, काठमाडौँ । नेपाल नर्सिङ संघको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । संघको नयाँ नेतृत्वको लागि देशभर २१ मतदान केन्द्र तोकिएको छ ।

निर्वाचनमा संयुक्त पेशागत प्यानलबाट प्रा मुना राना थापा र प्रगतिशील प्यानलबाट प्रा मनकुमारी राईबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदैछ । हरेक तीन वर्षमा हुनुपर्ने निर्वाचन पाँच वर्षपछि हुन लागेको हो ।

अध्यक्षका प्रत्याशि दवै चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्राध्यापक हुन् । मनकुमारी राईले भने एक वर्ष अघि अवकाश भइसक्नु भएको छ । पेशागत हित र विकासका लागि ५८ वर्ष पुरानो इतिहास बोकेको संघमा राजनीति हावी भएकाले नर्सिङ क्षेत्रमा मुद्धा उठाउन हालको नेतृत्व कमजोर भएको आरोप पनि लाग्दै आएको छ ।

प्रतिक्रिया