बिहीबार, वैशाख ६, २०८१

सरकारद्वारा नयाँ कार्यक्रम चलाउन १९ अर्ब बजेट निधारण

नेपालखोज २०७६ पुष ९ गते ११:०६

९ पुष, काठमाडौँ । सरकारले नयाँ कार्यक्रमका लागि १९ अर्ब ६ करोड बजेट निधारण गरेको छ । राष्ट्रिय योजना आयोगले नयाँ कार्यक्रमका लागि यो बजेट छुटाएको हो ।

स्थानीय र प्रदेश तहमा छानिएका नयाँ कार्यक्रमका लागि समपूरक र विशेष अनुदानको रुपमा यो बजेट छुट्याइएको आयोगले जनाएको छ । समपूरक र विशेष अनुदानको लागि प्रदेश र स्थानीय तहले आफूले पहिचान गरेका आयोजनामा बजेट खर्च गर्न पाउनेछन् । यस्ता आयोजनामा १० अर्ब रुपैयाँ समपूरक र १० अर्ब रुपैयाँ विशेष अनुदान रकम विनियोजन भएको आयोगले जनाएको छ ।

यो अनुदान विशिष्ट प्रकृतिको काम गर्नका लागि छानिएका योजनामा मात्र विनियोजन हुने गर्दछ । समपूरकमा सम्बन्धित तहले योजनाको ५० प्रतिशत रकम बेहोर्नुपर्छ भने विशेष अनुदान शतप्रतिशत अनुदान रकम हो । स्थानीय तहले कुल २३ अर्ब १८ करोड ३३ लाख रुपैयाँ लागतका योजना पेस गदै आएका छन् ।

प्रतिक्रिया