शुक्रबार, वैशाख ७, २०८१

समाजवादी पार्टीको बैठकले के गर्ला निर्णय ?

नेपालखोज २०७६ पुष ९ गते १३:१५

९ पुस, काठमाडौँ । समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बुधबार बस्दै छ । सरकारबाट बाहिरिएसँगै पार्टीको केन्दीय समिति बैठक बस्न लागेको हो । समाजवादी पार्टीले मन्त्रिपरिषद छोडेको भएपनि अहिलेसम्म औपचारिक रुपमा सरकारबाट बाहिरी सकेको छैन । सरकारबाट बाहिरिने वा नबाहिरिने भनि औपचारिक निर्णय निकाल्न बैठक बसेको समाजवादी पर्टीका उपाध्यक्ष रकम चेम्जोङले जानकारी दिए ।

उनले भने, ‘हामीले पटक पटक संविधान संशोधनको मुद्दाका विषयमा कुरा राख्ने गरेका छौँ, तर प्रधानमन्त्री ज्यूले यस तर्फ कुरा अघि बढाउन नै दिनुहुन्न् । त्यसैले पनि सरकारबाट समर्थन फिर्ता गर्ने वा अन्य केही कदम चाल्ने भन्ने बारेमा बैठकमा छलफल हुने छ । ’

आजको बैठकबाट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने सरकारकाले दुई तिहाई बहुमत भने गुमाउने छ । अहिले प्रतिनिधिसभाको कुल सदस्य संख्या २७५ छ । यसमध्ये दुई तिहाई बहुमतका लागि १८३ मत चाहिन्छ । समाजवादी पार्टीले समर्थन फिर्ता नलिँदासम्म ओली सरकारको पक्षमा १९४ सांसद छन् । समाजवादीका १७ जनाले समर्थन फिर्ता लिए भने सरकारको पक्षमा १७७ सांसद रहने छन्, जुन दुई तिहाईभन्दा थोरै मात्र कम हो ।

केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइको सरकार बनाएको उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले मंगलबार आकस्मिक रुपमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

प्रतिक्रिया