बिहीबार, वैशाख १३, २०८१

रुकुम घटनाका दोषीमाथि कारबाही गर्न नेकपा रुकुमको माग

नेपालखोज २०७७ जेठ १६ गते १४:१३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम (पश्चिम) ले चौरजहारी नगरपालिका वडा नम्बर–८, सोतीमा भएको घटनामा संलग्नमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार पार्टीका केन्द्रीय सदस्य एवं रुकुम (पश्चिम) का इन्चार्ज राजकुमार शर्माको अध्यक्षतामा उपलब्ध केन्द्रीय कमिटी सदस्यहरु र प्रदेश कमिटी सदस्यहरुको बैठकले जेठ १० गते भएको घटना अत्यन्त दुःखद र निन्दनीय भएको ठहर गरेको नेकपा रुकुम (पश्चिम) का अध्यक्ष गोपाल शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो घटनाले राजनैतिक परिवर्तनको स्तरमा सामाजिक र साँस्कृतिक रुपान्तरण अपुग भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ। ‘घटनाका सन्दर्भमा कानुनी कारवाहीका लागि मुद्धाको प्रक्रिया समेत शुरु भइसकेको र संघीय सरकारले समेत घटनाको यथार्थ छानविनको लागि समिति गठन गरि कार्यप्रारम्भ गरिसकेको अवस्थामा सरकारी संयन्त्रमार्फत भइरहेको छानविन र अनुसन्धानलाई पार्टी र स्थानीय सरकारको तर्फबाट पूर्णरुपले सहयोग निर्णय भएको छ’, शर्माको विज्ञप्तिमा भनिएको छ ।

घटनाको पृष्ठभूमिमा अन्तरजातीय प्रेमसम्वन्ध, स्थानीय र बाहिरवाट आएका युवाहरु बीचको विभिन्न अवस्थाको इगो र लकडाउन परिपालना गर्ने गराउने मनोविज्ञान देखिएता पनि भेरी नदीको किनारमा ५ जनाको शव भेटिएको र एक जना अझै वेपत्ता भएको अवस्थाले घटना गम्भीर प्रकृतिको देखिएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया