शुक्रबार, वैशाख १४, २०८१

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

नेपालखोज २०७६ पुष ९ गते १७:१९

९ पुस, काठमाडौँ। समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने, संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए ।

प्रधानमन्त्री एकलौटी रुपमा प्रस्तुत भएको आरोप लगाउँदै अध्यक्ष यादवले ओली सरकारले संविधान संशोधन अस्वीकार गरेपछि सरकारमा बस्न नसकेको बताए ।

प्रतिक्रिया